नेपालका विशिष्ट सन्तहरुले देशबासीका नाममा सामूहिक सम्बोधन गर्ने

डिसी नेपाल
१६ कार्तिक २०८० १२:२३

काठमाडौं। सनातन हिन्दु धर्मप्रति चौतर्फी आक्रमण हुँदासमेत राज्य मुकदर्शक बनेको भन्दै राष्ट्रिय सन्तसभाले आपत्ति जनाएको छ। वैदिक सनातन धर्मरक्षार्थ नेपालका विशिष्ट सन्तहरुद्वारा बिहीबार साँझ देशबासीका नाममा सामूहिक सम्वोधन गर्ने भएका छन्।

दीप टेलिभिजनबाट आज साँझ ६ बजे नेपालका विशिष्ट सन्तहरुद्वारा देशबासीको नाममा सम्बोधन गर्ने तय भएको राष्ट्रिय सन्त महासभा तथा सनातन हिन्दुराष्ट्र अभियान नेपालले जनाएको छ।

पछिल्लो समय सनातन हिन्दु धर्ममाथि चौतर्फी आक्रमण हुन लागेको, गौहत्या हुँदासमेत राज्य चुप लागेको बसेको भन्दै यो क्रम जारी रहने राष्ट्रिय सन्त महासभा चुप लागेर नबस्ने चेतावनी दिइएको छ। सन्त महासभाले नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गर्ने तयारीसमेत गरेको छ।

यसअघि असोज १५ गते हिन्दु राष्ट्र कायम गराउने, गौहत्यारालाई कारवाही गर्ने तथा सनातन धर्ममाथिको आक्रमण रोक्नुपर्ने लगायतका ११ बटा माग राखेर राष्ट्रिय सन्त महासभाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाइ सकेको छ।

सन्त सभाले धरानलगायत मुलुकका विभिन्न स्थानमा भएको गौहत्याका दोषीलाई कानुन बमोजिम कारवाही गर्नपर्ने, धरानस्थित बालगोपाल मन्दिर नजिक झुक्याएर बनाइएको चर्चलाई तत्काल स्थानान्तरण गर्नु वा बन्द गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।

सन्त समाजले धर्मपरिवर्तनले समाज र राष्ट्रलाई विखण्डनमा पुर्याउने भन्दै प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन नपाइने कानुनलाई कडाइका साथ लागू गर्न र सामाजिक सेवाको नाममा धर्मपरिवर्तनलाई प्रोत्साहन दिने खालका विदेशी संस्थाको पहिचान गरी अनुमति रद्द गरि त्यस्ता संस्थालाई कहिल्यै नेपालमा आउन नपाउने गरि देश निकाला गर्न माग गरेको छ।

सन्त सभाले सनातन धर्मालम्बीहरुको आस्थाका केन्द्र मठ मन्दिर, गुम्बा, चैत्यको जिम्मा पूर्ण जिम्मा धार्मिक क्षेत्रलाई नै दिने कानुनी व्यवस्था गर्न  माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *