बर्दिवासमा पत्ता लागेको हतियार कारखाना बारे पुरातत्वविदको चासो बढ्याे
महोत्तरी। महोत्तरीको पाटुमा भेटिएको मध्यपाषण युगको हतियार कारखानावारे पुरातत्वविदहरुले चासो देखाएका छन्।
पुरातत्वविद प्रकाश दर्नालले गुड्रन कर्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरि संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताएका छन्।
कर्विन्सले १९८५ मा बर्दिवास-३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै स्थानीय सरकारले विशेष चासो दिनुपर्ने उनकाे सुझाव छ। लामो समयदेखी पुरातत्विक सम्पदाका कै क्षेत्रमा कलम चलाउदै आएका गोविन्द न्यौपानेले स्थानीय सरकारको पहलकदमलाई नै जोड दिएका छन्।
कार्विन्सले आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी थिइन्। यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन्।
रातो माटोले पुरिएको अवस्थामा हजारौं मध्यपाषण युगका हतियारहरु भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको उनकाे निष्कर्षमा थियो।
पछिल्लो समय स्थानीय पत्रकारहरुले यसकाे बिषयमा थप खोजी गर्न थालेपछि चर्चा चुलिँदै गएको छ। पाटुमा फेला परेका केही हतियारहरुलाई राष्ट्रिय पुरातत्विक केन्द्रमा पनि संग्रहित गरिएको छ। तर चुरे दोहन र उत्तखननका कारण कर्विन्सले पत्ता लगाएका हतियारहरु नै हराउन सक्ने खतरा बढेको छ।
स्थानीयहरुको अतिक्रमण, ट्याक्टर व्यवसायीहरुको नदिजन्य पदार्थको उत्खननजस्ता समस्याहरुले थप संवेदनशीलता अपनाउनुपर्ने स्थानीय बताउँछन्।
समाचारको माध्यमवाट प्रचार प्रसार भएपछि यसकाे थप खोजीमा जुटेका केही स्थानीयहरुले उत्खननका कारण यो पुरातत्विक सम्पदा नै जोखिममा रहेको गुनासो गरेका छन्। केही हतियारका अवशेष समेत संकलन गरेर राखेका स्थानीय रमेश खत्री ट्याक्टरहरुले त्यस्ता अनौठा ढुंगाहरु उठाउने गरेको बताउँछन्।
अविलम्ब यो ठाउँलाई सुरक्षित गरि पुरातत्विक सम्पदाको जगेर्ना गर्न स्थानीयहरुले जनप्रतिनिधिहरुसँग माग समेत गरेका छन्।
राम्रो कुरो ।