परम्परागत उपचार पद्धतिलाई प्रवर्द्धन गर्न नेपाल र भारतले सहकार्य गर्नुपर्ने

डिसी नेपाल
१७ कार्तिक २०८० ६:५०

काठमाडौं। परम्परागत उपचार पद्धति आयुर्वेदको प्रवर्द्धन लागि ज्ञान, सीप, विशेषज्ञता आदानप्रदान गरी नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ।

आठौं आयुर्वेद दिवसका अवसरमा भारतीय राजदूतावासले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यलाई निरन्तरता दिन छलफल गरिएको बताए। ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न लागिएको सो अवसरमा जानकारी गराइएको हो।

नेपालको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रप्रवर्द्धनका लागि काम गरिरहेको जानकारी गराए।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अंग भएको बताए। भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ। सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौं आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद-हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *