भूकम्प अपडेट : निधन हुनेको संख्या १३३, १४० घाइते

डिसी नेपाल
१८ कार्तिक २०८० ११:५२

सुर्खेत। शुक्रबार राति  गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३३ पुगेको छ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९५ र रुकुम पश्चिममा ३८जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

जाजरकोटमा ५५जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन्। सबै घाइतेको उपचार भईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *