हार्दिक पाण्ड्या विश्वकपको पूरै प्रतियोगिताबाट बाहिरिए
काठमाडौं । भारतीय अलराउण्डर हार्दिक पाण्ड्या भारतमा जारी विश्वकप २०२३ बाट बाहिरिएका छन् ।
आईसीसीका अनुसार स्टार अलराउन्डर हार्दिक पाण्ड्या खुट्टाको चोटबाट निको हुन नसकेका कारण उनले प्रतियोगिताका बाँकी खेल खेल्न पाउने छैनन् ।
गत महिना पुणेमा बंगलादेशविरुद्धको खेलमा बलिङ गर्दा उनको बायाँ खुट्टामा चोट लागेको थियो ।
आईसीसीले शनिबार प्रतियोगिताको इभेन्ट टेक्निकल कमिटीबाट स्वीकृति पाएपछि फास्ट बलर प्रसिद्ध कृष्णलाई प्लेइङ ग्रुपमा समावेश गरेको हो ।
यसको मतलब उनी आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने खेलमा छनोटका लागि उपलब्ध हुनेछन् ।
प्रतिक्रिया
Facebook Comment