पाकिस्तानको मियाँवाली एयरबेसमा अतिवादी हमला

काठमाडौं । पाकिस्तानी वायुसेनाको मियाँवाली ट्रेनिङ एयरबेसमा अतिवादीहरूले आक्रमण गरेका छन् ।
पाकिस्तानी सेनाको जनसम्पर्क शाखा आईएसपीआरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “नोभेम्बर ४ को बिहान पाकिस्तानी वायुसेनाको मियाँवाली ट्रेनिङ एयरबेसमा आतंकवादी हमला भएको थियो, जसलाई सेनाले तुरुन्तै असफल पारेको थियो।”
आईएसपीआरका अनुसार यस घटनामा ६ आतङ्ककारी संलग्न थिए, जसमध्ये तीनजनालाई एयरबेसमा प्रवेश गर्नुअघि नै मारिएको थियो र बाँकी तीनलाई समयमै घेरिएको थियो।
यस आक्रमणको क्रममा एयरबेसमा पार्क गरिएका तीनवटा विमानमा क्षति पुगेको थियो।
प्रतिक्रिया
Facebook Comment