भूकम्पपीडितलाई एक करोड ५० लाख राहत उपलब्ध गराउने बागमती प्रदेशको प्रतिबद्धता
मकवानपुर । बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितलाई राहत रकम उपलब्ध गराउने भएको छ ।
बागमती सरकारले जाजरकोट र रुकुमपश्चिम गएको भूकम्पपीडित लागि उद्धार र पुनःनिर्माणको लागि राहत स्वरुप रु एक करोड ५० लाख कर्णाली सरकारमार्फत उपलब्ध गराउने निर्णय भएको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आपतकालीन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेका हुन् । उक्त रकम आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै कर्णाली सरकारलाई हस्तान्तरण गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
गएराति जाजरकोट जिल्लाको रामेडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पका काराण जाजरकोट र रुमम पश्चिमलगायतका जिल्लामा ठूलो सङ्ख्यामा मानवीय क्षति हुनुका साथै भौतिक क्षति भएको छ ।
Facebook Comment