सशस्त्र प्रहरीले टेन्ट र पालसहित अत्यावश्यक सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठायो

डिसी नेपाल
१९ कार्तिक २०८० १०:३२

काठमाडौं। भुकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ पठाईएको छ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज विहान करीब पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार पाल र ७ सय थान डोम टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो।

उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान टेन्ट र नं.२२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार पाल लिएर ३ वटा कन्टेनर गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।

यसअघि भुुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाई सकिएको वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए।

आज पनि भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले उद्दार कार्य जारी राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *