गाजामा इन्धन आपूर्ति पुनर्स्थापना सम्बन्धमा अमेरिकी राजदूतले के भने ?
काठमाडौं । विशेष अमेरिकी दूत डेभिड सेटरफिल्डले दक्षिणी गाजामा इन्धन आपूर्ति पुनःस्थापना हुने आशा व्यक्त गरेका छन्। उनले पत्रकारहरुलाई भने कि गाजामा इन्धन सकिएमा इन्धन ल्याउने सहमति भइसकेको छ ।
अक्टोबर ७ देखि इजरायलले इन्धनको कुनै पनि ढुवानीलाई गाजा प्रवेश गर्न अनुमति दिएको छैन र बिजुली आपूर्ति पनि बन्द गरेको छ।
आधारभूत सेवाहरूको निरन्तरता सुनिश्चित गर्न संयुक्त राष्ट्र संघका निकायहरूले गाजामा इन्धन आपूर्ति पुनःस्थापना गर्न अपील गरेका छन्।
गत हप्ता, युएनआरडब्लुएले द्वन्द्व अघि गाजामा इन्धन आपूर्ति गर्ने संयन्त्रमा कतार र इजरायलबीच सम्झौता भएको बताएको थियो।
जोर्डनमा पत्रकारहरूसँग कुरा गर्दै फिलिप लाजारिनीले भने कि यो इन्धन प्रयोग गर्नका लागि युएनआरडब्लुएलाई डिपो वरपर इजरायलबाट सुरक्षा ग्यारेन्टी चाहिन्छ।
“यो डिपोले दक्षिणी गाजामा युएनआरडब्लुए ट्रकहरू र अस्पतालहरूका लागि इन्धन उपलब्ध गराउँदै आएको छ,” उनले भने। गाजाको आरक्षित इन्धन सकिएपछि इन्धन आपूर्ति पुनर्स्थापना गर्ने संयन्त्र तयार भइसकेको अमेरिकाले आशा गरेको छ।
Facebook Comment