नेपाली सुरक्षाविद्को दिल्लीमा भाषण- भारतको सुरक्षा र अर्थतन्त्र नेपालमा निर्भर
नयाँ दिल्ली। भारतीय सेनाद्वारा दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा नेपालका सुरक्षाविद्ले भारतको अर्थतन्त्र र सुरक्षा नेपाल र नेपालीमा निर्भर रहेको बताएका छन्।
विश्वका विभिन्न देशका सैनिक उच्च अधिकारीहरुसमेत संलग्न चाणक्य डाइलग नामक कार्यक्रममा सुरक्षाविद् चिरनजंग थापा नेपालबाट कि नोट स्पीकरका रुपमा निम्त्याइएका थिए।
भारतीय उपराष्ट्रपतिबाट उद्घाटन गरिएको विश्वस्तरीय सो कार्यक्रममा थापाले विश्वको सबैभन्दा बलियो सेना र सबैभन्दा ठूलो अर्थव्यवस्थाको दावी गर्ने भारतको सुरक्षा र अर्थव्यवस्था दुवैमा शीर्ष योगदानकर्ता नेपाल भएको तर्क गर्दै सुरक्षाका लागि गोर्खा रेजिमेन्टसँग ४० हजार र अन्य सुरक्षा सेवामा ५० हजार नेपालीहरु भारतीय फौजमा तैनाथ रहेको बताएका थिए ।
प्रशासनिक सेवामा पनि ३० हजार नेपाली रहेको तथ्यांक पेश गरेका थिए यसवाहेक वफादार चौकीदारको रूपमा सामुदायिक सुरक्षा सेवामा सयौं हजारौं अन्यले भारतीय सुरक्षाका क्षेत्रमा योगदान दिएको उनले बताए । भारतमात्र होइन संसारका शक्तिशाली आणविक हतियारसम्पन्न पांच मुलुक र अन्य ६८ मुलुकहरुमा नेपालीहरुले सुरक्षाका क्षेत्रमा योगदान दिइरहेकोतर्फ उनले ध्यानाकर्षण पनि गराएका थिए ।
भारतमा रेमिटेन्स पठाउन नेपाल सातौं स्थानमा छ । अर्थात् भारतीय कामदारहरुले नेपालबाट भारत पैसा पठाउंदा टप ७ योगदानकर्ता नेपाल बनेको छ र व्यापारमा १० औं स्थानमा नेपाल नै छ भन्दै उनले नेपालबाट हजाम, सिकर्मी, डकर्मी, इटा भट्टा मजदुर, तरकारी र फलफूल विक्रेताजस्ता साना कामदारहरुले खल्तीमा हालेर भारत लैजाने रकम हिसाव गर्ने हो भने नेपाल भारतको अर्थतन्त्रको मुख्य योगदानकर्ता हो भन्ने भारतकै तथ्यांकले देखाएको उनले बताएका थिए ।
भाषणका क्रममा उनले नेपाल भारतसम्बन्धका ऐतिहासिक पक्षहरुले निकै केलाएर प्रस्तुत गरेका थिए । उनले नेपालमा धेरै पानी पर्यो भने भारत जलमग्न हुने, भारतका खडेरी परे नेपालमा भोकमरी आउन सक्ने आपसी सम्बन्धको गहनतालाई नीतिनिर्माताले बुझ्नुपर्ने तर्क गरेका थिए ।
भारतले आदर्श मानेका वेदव्यासदेखि बाल्मिकिसम्मको जन्मस्थान नेपाल रहेको ऐतिहासिकता केलाउंदै सैन्य र अर्थ शक्तिमा ठूलो बन्दै जांदा छिमेकीसंगको सम्बन्धमा कटुता थप्न नहुनेतर्फ उनले भारतलाई सजग गराएका थिए। उनले दक्षिण एशियाली क्षेत्रको शान्ति र सुरक्षाका लागि मुख्य रणनीतिक चुनौती भनेको गहिरो अविश्वास रहेको जिकिर गरेका थिए।
पाकिस्तानी विदेशमन्त्रीले युएनको साधारणसभामा भारतविरुद्ध बोलेको कुरा होस् वा श्रीलंकाका पूर्वराष्टपतिले भारतीय गुप्तचर एजेन्सीविरुद्ध लगाएको आरोप, नेपालका एकजना पूर्वप्रधानमन्त्रीले भारतमाथि गरेको टिप्पणीले यो क्षेत्रमा आपसी अविश्वास छ भन्ने पुष्टि गर्ने तर्क गर्दै उनले ठूलो देशको नाताले व्यवहारमा परिवर्तन गरेर सबै छिमेकी देशहरुलाई साथैमा लिएर हिड्न भारतलाई सुझाव दिएका थिए।जसरी सौर्य मण्डलमा सूर्यको वरिपरि ग्रहहरु आकर्षित भएर तर स्वतन्त्र हैसियतमा रहन्छन् त्यस्तै गरी दक्षिण एशिया क्षेत्रमा देशहरुलाई आकर्षित गरेर सौर्य मण्डलको सूर्यको भूमिका खेल्न उनले भारतलाई सुझाएका थिए ।
चीनको प्रभावमा परेको, नेपालको प्रधानमन्त्री चिनिया हनी ट्यापमा परेको जस्ता प्रचारवाजी गर्नुभन्दा तथ्यहरुमा जानु राम्रो हुने सुझाव दिंदै उनले भारतले चिनबाट अत्याधिक ऋण लिएको तथ्यांक पेश गरेका थिए । उनले चीनको भन्दा सस्तो र सजिलो ऋण भारतले दिने भए नेपाललगायतका मुलुकहरु भारतसंगै ऋण लिएर मुलुकको विकास गर्न चाहन्थे तर भारत त्यसका लागि तयार नभई विकासका लागि लिइने रकमबारे पनि चिनियां पासोमा परेकोजस्ता प्रचारवाजी गर्दा सम्बन्धमा अविश्वास थपिंदै गएको दावी गरेका थिए ।
उनले भूकम्पले थलिएको बेला नाकाबन्दी गरेकोमात्र होइन विगत ७५ बर्षमा नेपाललाई भारतले ४ पटक गरेर जम्मा ३६ महिना नाकावन्दी गरेकोप्रति भारतसंग असन्तुष्टि पोखेका मात्रै थिएनन् भारतीय सेनाले उद्धारमा सहयोग गरेको प्रति धन्यवाद पनि दिएका थिए। अन्त्यमा उनले भारतले नेपालप्रति हेपाहा शैलीको व्यवहार कतिपय अवस्थामा गरेकोप्रति व्यंग्य गरेका थिए।
उनले १५ वटा मुर्रा भैंसी र २० वटा क्रिकेट व्याट सहायता दिएको कुरा उल्लेख गर्दै नेपालले त्यही भैंसीको दूध खाएर क्रिकेट टिमले छक्का हानेर विश्वकप जित्ने भनेका थिए। उनले नेपालले ६ लाख बर्ष पुरानो दुईवटा शिला भारतलाई राम र सीताको मूर्ति बनाउन दिएको स्मरण पनि गराएका थिए । उनले दुई देशबीचको सम्बन्ध दूधजस्तै पवित्र हुनुपर्ने जिकिर गरेका थिए ।
धेरै धेरै धेरै चित्त बुझ्यो।पुर्ण भासन के म पढ्न पाइएला।
सहि तथ्य तथ्यांकयुक्त भनाई
Son of Nepal, great many thanks Mr. Thapa. Plj keep it up.
Voice of Nepal. Salute!!!
Real Presantation
धन्यवाद नेपाली सुरक्षाविद् !
लेखिए अनुसारै बोलिएको वा कुरा राखिएको हो भने यो त यथार्थ हो,यथार्थता उजागर गरि निर्धक्क प्रस्तुतिकालागी वहाँलाई सलाम छ।
चिरन थापालाई सलाम गर्न मनलाग्यो ।उहॅाको जस्तो यथार्थ र राष्ट्रवादी शोच यस देशका नेताहरूको हुन पर्दथ्यो, अनि देशले विकास गर्ने थियो ।त्यो नभएका कारण हाम्रो देश अझै विकसित हुन सकेको छैन ।
यस देशको पछौटेपन
तथ्यांक सहित कति सटिक तथा निर्भीक प्रस्तुति । सलमा छ यो नेपाली सपुतलाई ।
बिलकुल सान्दर्भिक सत्य र गहकिलो भनाइ।सलाम छ देशभक्त छोरो लाई।।