रुसले पनडुब्बीबाट आणविक क्षेप्यास्त्र परीक्षण गरेको दाबी, युक्रेनले प्रश्न उठायो
काठमाडौं । रुसी सरकारी समाचार एजेन्सीका अनुसार रुसको नयाँ आणविक पनडुब्बीबाट बुलाभा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरिएको छ ।
रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै, समाचार एजेन्सीहरूले रिपोर्ट गरेअनुसार क्षेप्यास्त्र ह्वाइट सागरमा कार्यरत सम्राट अलेक्ज्याण्डर ३ नामको पनडुब्बीबाट प्रक्षेपण गरिएको थियो।
अधिकारीहरुका अनुसार यो मिसाइलको परीक्षणको अन्तिम चरण हो । यो अन्तरमहादेशीय मिसाइल आणविक हतियार बोक्न सक्षम छ।
रुसको रक्षा मन्त्रालयले पनडुब्बीले सेतो सागरको गोप्य स्थानबाट यो मिसाइल प्रहार गरेको जनाएको छ ।
रक्षा मन्त्रालयले यो परीक्षण सफल भएको घोषणा गरेको छ भने युक्रेनले यो परीक्षण असफल भएको दाबी गरेको छ ।
रुस र युक्रेनको दाबी स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिँदैन।
गत हप्ता मात्र राष्ट्रपति पुटिनले रुसलाई सीटीबीटी (व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि) बाट बाहिर निकालेका थिए।
यस विषयमा पुटिनको चर्को आलोचना पनि भएको छ । १९९६ सीटीबीटी सम्झौताले प्रत्यक्ष परीक्षण सहित सबै प्रकारका आणविक विस्फोटहरूलाई प्रतिबन्ध लगाएको छ।
तर, अमेरिका र चीनजस्ता महत्वपूर्ण मुलुकले यसलाई अनुमोदन नगरेकाले यो सम्झौता पूर्णरुपमा कार्यान्वयन हुन सकेन ।
Facebook Comment