जोर्डन वायुसेनाले गाजामा चिकित्सा सहायता पठायो, ब्लिन्केन टर्की पुगे
काठमाडौं । जोर्डनका राजा अब्दुल्लाले आफ्नो देशको वायुसेनाले गाजामा रहेको जोर्डनको फिल्ड अस्पताललाई आवश्यक चिकित्सा र औषधि सहयोग पुर्याएको बताएका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै राजा अब्दुल्लाले गाजामा घाइते भएकाहरूलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्।
उनले भने – जोर्डन प्यालेस्टाइनी भाइहरूसँग दृढताका साथ खडा छ, इजरायल रक्षा बलहरूबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन।
अर्कोतर्फ अमेरिकाले युद्धलाई अस्थायी रूपमा रोक्ने प्रयासलाई तीब्र बनाएको छ । आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वेस्ट बैंक र इराकको कूटनीतिक भ्रमण गरे र सोमबार उनी टर्की पुगेका थिए।
इजरायल यो युद्ध रोक्ने प्रस्तावको विरुद्धमा छ र अरब देशहरू गाजामा तत्काल युद्धविराम चाहन्छन्।
इजरायली सेनाले गाजालाई दुई भागमा विभाजन गरी प्यालेस्टिनी क्षेत्रमा रहेको भूमध्यसागरको तटमा पुगेको बताएको छ ।
इजरायलले गाजालाई चारैतिरबाट घेरिएको बताएको छ ।
Facebook Comment