जब गाजामा बस्ने एक व्यक्तिलाई इजरायलको खुफिया विभागबाट फोन आयो…
काठमाडौं । गाजामा बस्ने एक व्यक्तिले आफूलाई इजरायली इन्टेलिजेन्सबाट फोन आएको दाबी गरेका छन् । उक्त फोनमा ‘एयर स्ट्राइक’ गर्ने चेतावनी दिइएको थियो ।
जेरुसेलमबाट रिपोर्टिङ गरिरहेका बीबीसी संवाददाता एलिस कुड्डीका अनुसार इजरायलले गाजामा बमबारी गरेको १२ दिनपछि यो घटना भएको हो। महमूद शाहिन नामका व्यक्तिलाई बिहान फोन आयो ।
उनी उत्तरी गाजास्थित आफ्नो फ्ल्याटमा थिए। उनको फ्ल्याट मध्यम वर्गीय क्षेत्रमा थियो । तेस्रो तल्लामा तीन कोठाको फ्ल्याट थियो। त्यसबेलासम्म उक्त ठाउँमा हवाई आक्रमण भएको थिएन ।
त्यही बेला उनले सडकमा कोही चिच्याएको आवाज सुने । ती व्यक्तिले चेतावनी दिएका थिए, “तिमी घर छोडेर बाहिर जानुपर्छ। तिनीहरूले यी भवनहरूमा बम खसाल्नेछन्।”
उनी भवनबाट बाहिरिएर सडकमा आएर सुरक्षित ठाउँ खोजिरहेका बेला उनको फोन बज्यो ।
महमूदका अनुसार फोनको अर्कोतर्फ रहेको व्यक्तिले उनलाई भने, “म इजरायल इन्टेलिजेन्सको तर्फबाट तपाईसँग कुरा गर्दैछु।”
महमूदका अनुसार ती व्यक्तिले आफ्नो पूरा नाम लिए र उनीसँग अरबीमा कुरा गरे।
महमूदले भने, “उनले मलाई तीनवटा भवनमा बम विष्फोट गर्न लागेको बताए र मलाई वरपरको क्षेत्र खाली गर्न आदेश दिए ।”
इजरायल–हमास द्वन्द्वका क्रममा इजरायली सेनाले कहिलेकाहीँ गाजाका जनतालाई फोन गरेर हवाई आक्रमणको चेतावनी दिएको जानकारी आएको छ ।
महमूदको बयानलाई यसैसँग जोडिएको छ ।
Facebook Comment