हिजो भएका मृत्युमध्ये आधा इजरायलले ‘सुरक्षित’ भनेको दक्षिणी गाजामा भएको हमासको दाबी

डिसी नेपाल
२३ कार्तिक २०८० १४:०४

काठमाडौं । हमासको गाजामा आधारित स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले हिजो मारिएका २४१ जनामध्ये आधा दक्षिणी गाजाका रहेको बताएका छन्।

इजरायलले उत्तरी गाजाको तुलनामा दक्षिणी गाजालाई सुरक्षित मानेको छ र मानिसहरूलाई उत्तरी क्षेत्रहरू खाली गरी दक्षिणतर्फ जान आग्रह गरेको छ।

हमासको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले इजरायलले हिजो कुल २७ वटा आक्रमण गरेको बताएका छन्।

अधिकारीहरूले गाजामा १८ अस्पताल र ४० स्वास्थ्य केन्द्रहरूले स्वास्थय उपचारको काम नगरेको बताएका छन्। उनीहरूले द्वन्द्वमा हालसम्म १९३ स्वास्थ्यकर्मीको मृत्यु भएको बताए ।

अधिकारीहरुका अनुसार द्वन्द्वमा मृत्यु हुनेको संख्या १० हजार ५६९ पुगेको छ । मृत्यु हुनेमा ४३२४ बालबालिका रहेका छन् ।

यो संख्या अक्टोबर ७ देखि जारी द्वन्द्वमा मारिनेको संख्या हो । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो ।

इजरायली सेनाका अनुसार यस हमलामा करिब १४०० जनाको मृत्यु भएको थियो भने हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *