इजरायल-हमास युद्ध : शान्तिका लागि प्रयास तीव्र

डिसी नेपाल
२३ कार्तिक २०८० १५:४१

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासले बन्धक बनाएका २०० भन्दा बढीलाई मुक्त गर्ने वार्तामा संयुक्त राष्ट्र संघ पनि संलग्न रहेको बताएका छन् ।

उनले रोयटर्स समाचार एजेन्सीलाई भने, “बन्धकहरूलाई मुक्त गर्न सबै सम्भव सहयोग उपलब्ध गराउनु हाम्रो दायित्व हो।”

यस विषयमा कतारले निकै सकारात्मक भूमिका निर्वाह गरिरहेको र संयुक्त राष्ट्रसंघको सम्पर्कमा रहेको उनले बताए । संयुक्त राष्ट्रसंघ इजरायलसँग पनि सम्पर्कमा छ।

इजरायली प्रधानमन्त्री नेतान्याहुका सल्लाहकार मार्क रेगेभले रफाह क्रसिङ नजिकैको दक्षिणी गाजामा भूमध्यसागरको छेउछाउका क्षेत्रहरूमा ‘सुरक्षित क्षेत्र’ सिर्जना गर्न वार्ता भइरहेको बताएका छन्, जहाँ फिल्ड अस्पताल पनि रहनेछ।

हमासको गाजामा आधारित स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले हिजो मारिएका २४१ जनामध्ये आधा दक्षिणी गाजाका रहेको बताएका छन्।

इजरायली बम आक्रमणमा मृत्यु हुनेको संख्या १०,५६९ पुगेको छ । मृत्यु हुनेमा ४ हजार ३२४ बालबालिका रहेका छन् ।

इजरायली सेनाले गाजा पट्टीमा अक्टोबर २७ बाट सुरु भएको भूमिगत कारबाहीमा हालसम्म ३२ इजरायली सैनिक मारिएको जनाएको छ ।

जी–७ बैठकमा सहभागी हुन जापान पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजालाई इजरायलले फेरि कहिल्यै पनि कब्जा गर्न नहुने बताएका छन् ।

टोकियोमा भएको जी–७ देशको बैठकले गाजामा भएको मानवीय संकटबारे तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

इजरायली सेनाले हमास नेता मोहसिन अबु जिनाको मृत्यु भएको दाबी गरेको छ । उनी हमासको गुप्तचर तथा हतियार विभागका प्रमुख थिए।

बेलायतको लेबर पार्टीका सांसद इमरान हुसेनले गाजामा युद्धविरामको कडा वकालत गरेपछि केयर स्टारमरको छाया मन्त्रिपरिषद्बाट राजीनामा दिएका छन्। हुसैन मजदुरहरूको लागि नयाँ सम्झौताको छाया मन्त्री थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *