जम्मुमा पाकिस्तानी रेन्जर्सको गोली लागेर भारतीय बीएसएफ जवानको मृत्यु
काठमाडौं । जम्मु कश्मीरको साम्बा जिल्लाको रामगढ सेक्टरमा सीमामा पाकिस्तानी रेंजर्सले गरेको अप्रत्याशित गोलीबारीमा एक बीएसएफ जवानको मृत्यु भएको छ। बीएसएफले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
बीएसएफले विज्ञप्तिमा भनेको छ, ‘८-९ नोभेम्बरको मध्यरातमा रामगढ क्षेत्रमा पाकिस्तानी रेंजर्सले बिना कारण र उत्तेजनामा गोलीबारी गरे, जसको बीएसएफ जवानहरूले जवाफ दिए। यसमा एक बीएसएफ जवान घाइते भए र पछि मृत्यु भयो।’
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बीएसएफ जवानलाई बिहान १ बजे उपचारका लागि रामगढ सामुदायिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। त्यसपछि उनलाई जम्मूको जीएमसी अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो।
प्रतिक्रिया
Facebook Comment