पटाका पड्काउने र आतिसबाजी गरे कारबाहीमा परिने

काठमाडौं। नेपाल प्रहरीले पटाका पड्काउने र आतिसबाजी गरे कारबाहीमा परिने जनाएको छ।
तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो।
पटाका, भूइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो।
यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानुनबमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ।
प्रतिक्रिया
Facebook Comment