झिलिमिली काठमाडौं (फोटोफिचर)

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको दोस्रो ठूलो पर्वका रूपमा रहेको तिहार सुरु भइसकेको छ । तिहारलाई बत्तीहरुको पर्वका रूपमा पनि अर्थ्याउने गरिएको छ ।
तिहारको आगमनसँगै रङगीचङगी बत्तीको झिलिमिली पनि सुरु हुन्छ । यसवर्षको तिहार पनि सुरु भएसँगै काठमाडौंका विभिन्न स्थानहरुमा झिलिमिली बत्ती बल्न थालेका छन् । तिहारका बेला झिलिमिली बत्तीका कारण विद्युतको खपत बढी हुने गरेको छ । काठमाडौंका विभिन्न स्थानहरुमा झिलिमिली बत्ती बालेपछी आकर्षक देखिन थालेका छन् ।
धन्तेरसको दिन रातिको समयदेखि काठमाडौंका विभिन्न स्थानहरुमा रङगीचङगी बिजुली बत्तीले झिलिमिलीको भएको छ ।
हेर्नुहोस तस्वीरहरु
प्रतिक्रिया
Facebook Comment