गाजा युद्ध समाप्त भएपछि के हुन्छ ? इजरायली प्रधानमन्त्री नेतन्याहुले बताए
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध समाप्त भएपछि पनि इजरायल गाजामाथि विजय हासिल गर्न, कब्जा वा शासन गर्न नचाहेको बताएका छन् ।
अमेरिकी समाचार च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा बेन्जामिन नेतान्याहुले भनेका छन् “तर ‘विश्वसनीय बल’ भने गाजामा प्रवेश गर्न सक्नेछ ताकि अतिवादको उदय हुनबाट जोगाउन सकियोस् र अक्टोबर ७ जस्तो घटना कहिल्यै हुन नसकोस् ।”
उनले भने, “हामीसँग आवश्यक परेमा गाजामा प्रवेश गर्न र हत्याराहरूलाई मार्न सक्ने विश्वसनीय शक्ति हुनुपर्छ, किनकि यसले मात्र हमास जस्ता समूहलाई पुन: उदय हुनबाट रोक्न सक्छ।”
यसअघि नेतान्याहुले युद्धपछि गाजाको सुरक्षाको जिम्मेवारी इजरायलमा अनिश्चितकालसम्म रहने बताएका थिए । यो भनाइको अमेरिकाले आलोचना गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै गाजा कब्जा गर्नु गल्ती हुने बताएका थिए ।
Facebook Comment