गाजामा मानवीय सहायता बढाउन अमेरिका र टर्कीबीच छलफल
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा पठाइने मानवीय सहायता बढाउन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुरा गरेका छन्।
एर्दोगानले भ्रमणमा रहेका टर्कीका विदेशमन्त्रीसँगको कुराकानीमा गाजामा दैनिक कम्तीमा ५०० ट्रकको संख्या बढाउने विषयमा छलफल गरेको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले यस प्रस्तावमा अमेरिकी विदेशमन्त्रीले सकारात्मक अडान लिएको बताए ।
टर्कीले धेरै देशको सहयोगमा गाजाका जनतालाई एम्बुलेन्स, खाना, पानी र औषधि उपलब्ध गराउने वाचा गरेको छ ।
यसबाहेक टर्कीले युद्धमा घाइते भएका प्यालेस्टाइनी र दीर्घकालीन रोगका बिरामीहरूलाई टर्कीका अस्पतालमा सार्ने प्रस्ताव पनि गरेको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरूको भ्रमणका क्रममा नोभेम्बर ५ आइतबार टर्की पुगेका थिए ।
यसअघि उनी शुक्रबार इजरायल, शनिबार जोर्डन र आइतबार वेस्ट बैंक र इराक गएका थिए ।
बिहीबार इजरायलले गाजामा भएको बमबारीमा हरेक दिन चार घण्टा रोक लगाउने निर्णय गरेको छ, जसलाई अमेरिकाले स्वागत गरेको छ ।
Facebook Comment