फ्रान्सका राष्ट्रपति म्याक्रोनको युद्धविराम सल्लाहलाई नेतान्याहूले दिए यस्तो जवाफ
काठमाडौं । गाजामा जारी युद्धका सम्बन्धमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सल्लाहपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पहिलो प्रतिक्रिया आएको छ ।
नेतान्याहुले विश्वका सबै देशले इजरायलको सट्टा हमासको निन्दा गर्नुपर्ने बताएका छन् । उनले आज यो धम्कीलाई बेवास्ता गरे भोलि फ्रान्स र अमेरिकाले पनि मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
बेन्जामिन नेतान्याहुले भने, “विश्वका देशहरूले इजरायलको सट्टा हमासको निन्दा गर्नुपर्छ।”
उनले इजरायली सेनाले नागरिकलाई युद्ध (क्षेत्र)बाट टाढा राख्न खोजेको दाबी गर्दै भने “हमासले उनीहरूलाई ‘मानव ढाल’को रूपमा प्रयोग गरिरहेको छ।”
नेतान्याहुले चेतावनी दिए, “आज हमास र आईएसआईएसले गाजामा गरेका अपराधहरू भोलि पेरिस, न्यूयोर्क र विश्वभर हुनेछन्।”
यसअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायललाई युद्ध रोक्न आग्रह गरेका थिए ।
बीबीसीसँगको अन्तर्वार्तामा म्याक्रोनले भने, ‘महिला र बालबालिकाको हत्यालाई जायज ठहराउन सकिँदैन ।’
उनले युद्धविरामले मात्र इजरायललाई फाइदा हुने दाबी गरे।
Facebook Comment