गाजाको अल शिफा अस्पतालमा इन्धन सकियो, काम रोकिँदा एक नवजात शिशुको मृत्यु
काठमाडौं । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले अल शिफा अस्पतालमा काम रोकिएको जानकारी दिएको छ ।
समाचार एजेन्सी रोयटर्सले हमासको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-किद्रालाई उद्धृत गर्दै अस्पतालको काम ठप्प भएको बताएको छ।
“अस्पतालमा इन्धन सकिएको छ,” प्रवक्ताले भने।
उनले भने, ‘यसकै कारण नवजात शिशुको मृत्यु भयो । उनको इन्क्युबेटरभित्रै मृत्यु भएको थियो । त्यहाँ ४५ जना बालबालिका छन्।”
अल शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो। यसबारे थप जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया
Facebook Comment