इरानका राष्ट्रपतिले भने- ‘इजरायल अपराधी हो, अमेरिका यसको कमाण्डर हो’
काठमाडौं । गाजा सम्बन्धमा साउदी अरबको रियादमा अरब र मुस्लिम राष्ट्रहरूको ‘आपतकालीन सम्मेलन’ हुँदैछ । यसमा इरानी राष्ट्रपति इब्राहिम रायसीले अमेरिकालाई कठघरामा उभ्याएका छन् ।
राईसीले गाजामा हुने अपराधका लागि अमेरिका जिम्मेवार र त्यसको कमाण्डर रहेको आरोप लगाए ।
उनले अमेरिकाले उक्त क्षेत्रमा नौसैनिक जहाज तैनाथ गरेको र त्यसो गरेर गाजाका जनताविरुद्ध भइरहेको अपराधमा संलग्न भएको बताए ।
प्यालेस्टिनी जनतालाई समर्थन जनाउन राईसी काफिया लगाएर सम्मेलनमा पुगेका थिए । उनले भने, “गाजामा इजरायलको आक्रमण इतिहासकै सबैभन्दा ठूलो अपराध हो।”
इरानी राष्ट्रपतिले इस्लामिक देशहरूलाई इजरायललाई तेल आपूर्ति बन्द गर्न अपील गरेका छन्
रायसीले भने, “इजरायलको विरोध गर्नु बाहेक अरू कुनै उपाय छैन, हामी इजरायलको विरोध गर्न हमासको हात चुम्बन गर्छौं।”
युद्धविरामको लागि आह्वान गर्दै राईसीले भने, “गाजा विरुद्धको अन्धाधुन्ध बमबारी रोकिनुपर्छ र गाजाको घेराबन्दी तुरुन्तै अन्त्य गर्नुपर्छ।”
यसअघि तेहरानमा राईसीले अब यो द्वन्द्वमा केही गर्ने बेला आएको भन्दै बोलेर केही नहुने बताएका थिए ।
Facebook Comment