मथुराको पटाका बजारमा आगलागी, पसलहरू खरानी

काठमाडौं । उत्तर प्रदेशको मथुरा जिल्लामा रहेको पटाका बजारमा आगलागी भएको छ । आगलागी यति शक्तिशाली थियो कि कयौं पसलहरु जलेर नष्ट भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार यस घटनामा केही व्यक्ति घाइते भएको पनि समाचार छ ।
यो बजार गोपालबाग क्षेत्रमा रहेको थियो । घटनासँग जोडिएको भिडियोमा पसलबाट धुवाँ निस्किरहेको र केही मानिस आगो निभाउन पानी हालेको देख्न सकिन्छ ।
भिडियोमा केही मोटरसाइकलबाट आगो निस्किरहेको पनि देख्न सकिन्छ । मानिसहरु पानी हालेर आगो निभाउने प्रयासमा पनि देखिन्छन् ।
करिब तीन मिनेटको भिडियोमा एम्बुलेन्स पनि देखिन्छ । भिडियोमा एम्बुलेन्सको साइरनको आवाज पनि सुनिएको छ । केही मानिस पसलबाट पटाका उठाउन खोजिरहेका देखिन्छन् ।
प्रतिक्रिया
Facebook Comment