इजरायली मन्त्रीले गाजामा प्यालेस्टिनीहरूको पलायनबारे भने – यो नकबा २०२३ हो

डिसी नेपाल
२७ कार्तिक २०८० १०:५१

काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेट सदस्य र कृषि मन्त्री एभि डिक्टरले गाजाको अवस्थाका बारेमा भनेका छन् कि यो नकबा २०२३ हो।

इजरायली सञ्चारमाध्यमका अनुसार लिकुड पार्टीका नेता एभि डिक्टरलाई गाजाका मानिसहरूको पलायनका तस्विरहरूको बारेमा एक अन्तर्वार्तामा प्रश्न सोधिएको थियो।

जवाफमा उनले भने, “हामी अहिले गाजामा नकबा गरिरहेका छौं। गाजामा आइडीएफले गर्न चाहेको जस्तो युद्ध लड्ने कुनै तरिका छैन – जब त्यहाँ ट्याङ्क र सिपाहीहरू बीच मानिसहरू छन्।”

यो ‘गाजा नकबा’ हो कि भनेर फेरि सोध्दा, डिक्टरले भने, “यो गाजा नकबा २०२३ हो। यो युद्ध यसैगरी समाप्त हुनेछ।”

नकबा भनेको त्रासदी हो। प्यालेस्टिनीहरूले यो शब्द ती घटनाहरूको लागि प्रयोग गर्छन् जब प्यालेस्टिनीहरूलाई उनीहरूको बस्तीबाट जबरजस्ती निष्कासित गरियो। नकबा शब्द प्यालेस्टिनी क्षेत्रका मानिसहरूको पलायनका लागि प्रयोग गरिन्छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक पत्रकार सम्मेलनमा इजरायलले गाजाको सुरक्षालाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् ।

युद्धपछि गाजा प्यालेस्टिनी अथोरिटीलाई सुम्पन सकिन्छ कि भनेर सोध्दा उनले भने, ‘म दोहोर्‍याउँछु, पूर्ण सुरक्षा नियन्त्रण हाम्रो हातमा हुनेछ, हामीले चाहेको बेला गाजा प्रवेश गर्ने क्षमता राख्नेछौं र यदि कुनै आतंकवादी पुन: उदाउँछ भने उसलाई हटाउन। अरू के हुने छैन म भन्न सक्दिन। तर त्यहाँ हमास हुनेछैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *