अनु चौधरी र न्युसन राईले स्वरमा ’भूईँ सोरी’ सार्वजनिक

डिसी नेपाल
२७ कार्तिक २०८० १२:०८

काठमाडौं। गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेलि लोकभाकामा आधारित’भूईँ सोरी’ गीतको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन्। शान्तिराम राई को संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ। प्रेमील मायालु जोडिवीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ। याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाईएको छ।

सुजन श्रेष्ठको छायाँकनतथा कृष्ण लिंखा याक्खाको निर्देशन भिडियोमा रहेको छ। ’भूईँ सोरी’ गीतको भिडियोमा विमला लिम्बु र जान रानाको अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *