इजरायली आक्रमणका कारण उत्तरी गाजा पट्टीका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

डिसी नेपाल
२७ कार्तिक २०८० २१:५८

गाजा । इजरायली आक्रमणका कारण अत्यावस्यक वैकल्पिक जेनेरेटरहरू समेत सञ्चालन गर्न इन्धनको अभाव भएपछि उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले सेवा बन्द गरेका छन् ।

‘इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले उल्लेख गरेका छन् ।

अल(शिफा मेडिकल अस्पतालमा जेनेरेटर अभाचका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिर्गौला डायलासिसका बिरामीको उपचार गर्न नसक्दा थुप्रै विरामीको ज्यान जान सक्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।

आइतबार प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले गाजा शहरको अल–कुड्स अस्पताल इन्धन अभाव र बिजुली कटौतीको कारणले सञ्चालन बन्द गरेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *