उत्तराखण्ड सरकारद्वारा उत्तरकाशी सुरुङ दुर्घटनाको छानबिन गर्न विज्ञ समिति गठन

काठमाडौं । उत्तराखण्ड सरकारले उत्तरकाशीमा सडक निर्माणका लागि निर्माण भइरहेको सुरुङको एक भाग अचानक भत्किएको घटनाको छानबिन गर्न विज्ञ समिति गठन गर्ने घोषणा गरेको छ ।
उत्तराखण्ड राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसडीएमए) द्वारा जारी आदेश अनुसार, यस सुरुङमा भएको पहिरोको कारणहरूको अध्ययन र अनुसन्धान गर्न एक समिति गठन गरिएको छ।
यसको अध्यक्ष उत्तराखण्ड ल्यान्डस्लाइड मिटिगेसन एण्ड म्यानेजमेन्ट सेन्टरका निर्देशक हुनेछन्। उक्त अनुसन्धानका क्रममा भग्नावशेष, ढुङ्गा र माटोको नमूना पनि परीक्षण गरिने बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment