दुर्गा प्रसाईंको प्रदर्शनमा पूर्वराजाको भूमिका कस्तो रहला?
काठमाडौं। मेडिकल व्यावसायी दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्दैछन्।
उनले पुरानै व्यवस्था कायम गर्ने भन्दै देशभरबाट मानिसहरु कागमाडौं उत्राने तयारी गरिरहँदा सरकारले भने समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्द लगाएको छ। सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारको दाबी छ।
पछिल्लो समय गणतन्त्रमाथि चौतर्फी प्रहार भइरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आत्तिएको आभास हुन थालेको छ। यो बीचमा उनले गणतन्त्र पक्षधरको बैठकसमेत राखेर व्यावस्था जागाउन एकजुट हुनुपर्ने बताएका थिए।
वर्तमान व्यवस्था र प्रमुख राजनीतिक दलप्रति समाजिक सञ्जालमा बढ्दो आक्रोश र निरासाको फाइदा उठाउँदै समाजिक अभियन्ताका रुपमा आफूलाई दाबी गर्ने दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन्।
गत फागुन १ गते पूर्वराजाका परिवारलाई नै लगेर झापाको काँकडभिट्टाको मेची पुलबाट ‘नागरिक बचाउन महाभियान’ को सुरुवात गरेका थिए। त्यही अभियानलाई निरन्तरता दिँदै प्रसाईंले राजसंस्थाका पक्षमा अभियान चलाइरहेका छन्।
तर पछिल्लो समय प्रसाईंको कार्यक्रमप्रति पूर्वराजाको ‘रुची’ नभएको टिप्पणी हुन थालेको छ। प्रसाईंले विशेष गरी बैंक तथा लघु वित्त पीडितको पक्षमा आवाज उठाइरहेका छन्। तर उनको मुल उद्देश्य भनेको राजसंस्थाको पुर्नवहाली हो।
प्रसाईंले उठाउने मुद्दाले सर्वसाधारणको मत तान्ने गरेको छ। अझ उनले विदेशमा मृत्यु भएका वा अलपत्र परेका नेपालीलाई गरेको उद्दारलाई धेरैले मन पराएका छन्। र उनको पक्षमा जनउभार पनि देखिने गरेको छ।
त्यसो भए दुर्गा प्रसाईंले मंसिर ७ मा काठमाडौंमा गर्ने कार्यक्रममा पूर्वराजाको भूमिका कस्तो हुन्छ? कतिपयले फागुन सातमा पूर्वराजा ज्ञानेन्द्र झापा जाने बताएका छन्। झापामा मंसिर ९ गते पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ र सो कार्यक्रममा सहभागी हुने पूर्वराजा ज्ञानेन्द्र सोही दिन झापा जाने कार्यक्रम तय भएको छ।
अर्थात् पूर्वराजा ज्ञानेन्द्र मंसिर ७ गते काठमाडौंमा हुन्छन्। तर उनले प्रसाईंको कार्यक्रमलाई कसरी लिएका छन् त्यो सार्वजनिक भएको छैन। ‘दुर्गा प्रसाईंको कार्यक्रममा सरकार (पूर्वराजा ज्ञानेन्द्र) को सम्बन्ध?,’ पूर्वराजा ज्ञानेन्द्र निकट स्रोतले भन्यो।
प्रसाईंप्रतिको बढ्दो क्रेजप्रति पूर्वराजाको कस्तो विचार उनै जानुन्, तर गणतान्त्रिक व्यवस्थाका ‘नायक’ को भने सातो गएको छ।
उता राजसंस्थालाई केन्द्रमा राखेर गरिएको आन्दोलनप्रति पूर्वराजाको नराकात्मक भावना हुने प्रश्नै भएन।
आफैं सहभागी भएर सुरु गरिएको महअभियानप्रति पूर्वराजा नकारात्मक हुनुपर्ने कुनै कारण नभएको उनी निकट स्रोत बताउँछ।
Facebook Comment