७२ घण्टादेखि उत्तरकाशी सुरुङमा फसेका मजदुरलाई अझै बाहिर निकाल्न सकिएन, दिल्लीबाट अर्को मेसिन जाँदै

डिसी नेपाल
२९ कार्तिक २०८० १३:०४

काठमाडौं । उत्तराखण्डको उत्तरकाशी जिल्लामा ४० जना मजदुर सुरुङमा फसेको ७२ घण्टाभन्दा बढी भइसकेको छ । तर उनीहरुलाई त्यहाँबाट निकाल्ने हरसम्भव प्रयास अहिलेसम्म असफल सावित भएको छ ।

मंगलबार सुरुङमा भग्नावशेष खन्ने अजर मेसिन पठाएपछि उद्धार कार्य छिट्टै सम्पन्न हुने देखिएको थियो । तर बुधबार बिहान मेसिनले राम्रोसँग ड्रिल गर्न नसकेको पाइएको थियो ।

यस्तो अवस्थामा त्यो मेसिनका लागि बनाइएको आधार हटाएर अहिले फेरि नयाँ आधार तयार भइरहेको छ ।

एसडीआरएफका इन्स्पेक्टर भास्करले बीबीसीलाई भने, “कम्पनीका मानिसहरूले अजर मेसिनमा केही प्राविधिक खराबी रहेको बताएका छन्। अब प्राविधिक टोलीले मात्र समस्या के हो भन्न सक्नेछ ।”

उनले भने, ‘कम्पनीले अहिले दिल्लीबाट दोस्रो मेसिन ल्याइने बताएको छ ।’ एसडीआरएफका सहायक कमाण्डेन्ट कर्मवीर सिंह भण्डारीका अनुसार सुरुङमा फसेका सबै सकुशल छन् । सबैसँग कुरा भइरहेको छ र खाद्यान्न पनि वितरण भइरहेको छ।

उनले भने, ‘बुधवार बिहान ५.३० बजे भित्र भित्रका मानिसले खाद्यान्न मागेका थिए, जुन आपूर्ति गरिएको हो । सुरुङमा मानिसहरु बस्ने ठाउँमा बत्तीको व्यवस्था छ र तापक्रम पनि ठिक छ ।”

उनका अनुसार, ‘त्यहाँ काम रोकिएको छैन। काम चौबीसै घण्टा चलिरहेको छ र हाम्रा दुई टोली यहाँ सधैं तैनाथ छन्। ‘आधारमा देखिएका समस्या समाधानका लागि पहल भइरहेको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *