चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो वाइडेनले बाइडेनले चिनियाँ समकक्षी सि जिनपिङसँगको भेटबार्ता पछि इजरायल बारे टिप्पणी गरेका छन्।
राष्ट्रपति वाइडेनले इजरायली प्रधानमन्त्रीलाई गाजालाई कब्जा गर्न वा पुनः कब्जा गर्ने तथा यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु गल्ती हुने बताएका छन्।
उनले जारी युद्धको एक मात्र अन्तिम समाधान दुई राज्यको नीति भएको पनि प्रस्ट पारेका छन्। इजरायली प्रधानमन्त्रीलाई वाइडेनले भने-इजरायलको कर्तव्य हो कि तिनीहरूको अपरेशनमा सर्वसाधारणलाई चोटपटक लाग्नु हुन्न, उनीहरुलाई युद्धको नाममा अपराध गरिनु हुन्न।’
उनले हमासद्वारा बन्धक बनाएकाहरूलाई मद्दत गर्ने सन्दर्भमा उल्लेख गर्दै भनेका छन्, ‘यो लक्ष्य हासिल गर्नको लागि उसले आफ्नो शक्तिमा सबै गरिरहेको छ।’ सोही क्रममा उनले भने, उनले इजरायली सेना गाजा भित्र जान र बन्दीहरूलाई मुक्त गर्न पूर्ण रूपमा असफल भएको बताएका छन्।
Facebook Comment