भारतीय बैंकले एक सर्वसाधारणको खातामा जम्मा गरिदियो ८२० करोड

नयाँदिल्ली । भारतको एउटा बैंकले सर्वसाधारणको खातामा ८२० करोड रुपैयाँ पठाएको छ ।
भारतस्थित युको बैंकले एक ग्राहकको खातामा झुक्किएर ८२० करोड पठाएको र त्यसको ७९ प्रतिशत फिर्ता ल्याएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार अझै पनि सो बैंकले ती ग्राहकबाट १७१ करोड भारतीय रूपैयाँ फिर्ता लिन सकेको छैन ।
युको बैंकमा लापरवाहीको ठूलो घटना बाहिर आएको हो । यो कुरा बाहिर आएसँगै बैंकले तत्काल असुली प्रक्रिया सुरु गरेकोसमेत जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment