उत्तरकाशी : सुरुङमा फसेका मजदुरलाई निकाल्ने काम अघि बढेन, परिवार त्रसित
काठमाडौं । उत्तरकाशी सुरुङमा फसेका ४० जना मजदुरको उद्दारमा हालसम्म कुनै ठोस सफलता प्राप्त हुन सकेको छैन । ती मजदुरहरु त्यहाँ फसेको १४४ घण्टाभन्दा बढी भइसकेको छ ।
मजदुरलाई बाहिर निकाल्ने काम हेरिरहेका मानिसहरूका अनुसार हालसम्म सुरुङबाट मजदुरहरूलाई सुरक्षित बाहिर निकाल्ने पाइपहरू २४ मिटर (४ पाइप) सम्म भग्नावशेषमा ड्रिल गरिएको छ ।
बीबीसीका सहयोगी पत्रकार आसिफ अलीले शुक्रबार दिउँसो २ बजेदेखि शनिबार बिहान ९ बजेसम्म अवस्था उस्तै रहेको बताए । सुरुङमा फसेका मजदुरका आफन्तहरू बाहिर निक्कै चिन्तित र त्रसित देखिएका छन् ।
अनुमति लिएर सुरुङमा पाइपबाट आफन्तसँग कुरा गरिरहन्छन् । सुरुङमा फसेका भाइसँग कुरा गरेका बिहारका एक व्यक्तिले भने, ‘अहिले भित्र फसेका सबैको अवस्था राम्रो छैन ।’
अब अन्तिम समय आउला जस्तो लाग्छ भनेर भाइले बताइरहेको उनले बताए । बिहारबाट आएका अर्का देवाशिषले आफ्नो भिनाजु पनि सुरुङमा फसेको बताए ।
पाइपबाट भिनाजुसँग कुरा गर्दा उनले आफ्नो अवस्था खराब भएको बताए । अहिले उनीहरु त्यहाँ निसास्सिएर बसेका छन् ।
सुरुङ निर्माण कम्पनी नवयुग इन्जिनियरिङ कम्पनी लिमिटेड (एनईसीएल) का दुई सुपरभाइजरले यो सुरुङको काम सन् २०१८ मा सुरु भएको बताए ।
उनीहरुमध्ये एकले भने, ‘सुरुङको काम सम्पन्न हुनुभन्दा अलि अगाडि आइतबार पहिरोले सुरुङको एक भाग भत्किएको सोही ठाउँमा पहिरोमा क्षति पुगेको थियो, त्यसपछि निर्माण गर्न ६ महिना लाग्यो । तर सायद “यो बलियो बनाइएको थिएन।”
Facebook Comment