एक घण्टा भित्र अल शिफा अस्पताल खाली गर्न इजरायली सेनाको आदेश
काठमाडौं । गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाबाट प्राप्त रिपोर्टका अनुसार इजरायली सेनाले अर्को एक घण्टाभित्र अस्पताल खाली गर्न आदेश दिएको छ।
अल जजिरा र समाचार एजेन्सी एएफपीले प्यालेस्टिनी चिकित्सकहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। सैनिकहरूले अस्पताल परिसरमा खोजी गरिरहेको उनले बताए।
इजरायलले अस्पताल मुनि बनाएको सुरुङमा हमासले आफ्नो कमाण्ड स्थापित गरेको जनाएको छ । हमासले यो आरोपलाई झुटो भनेको छ ।
अल शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो। धेरै विस्थापितहरूले यहाँ आश्रय लिएका छन्।
इजरायली सेनाले विगत केही दिनदेखि अल शिफालाई घेरेको छ । बुधबार सेना अस्पताल परिसरमा प्रवेश गरेको थियो ।
विजुली, पानी र खाद्यवस्तु नपाएर धेरै दिन काम गरेको अस्पतालका चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment