निकारागुआकी सुन्दरीले जितिन् मिस युनिभर्सको उपाधि, नेपाल टप २० मा
काठमाडौं । मिस युनिभर्स २०२३ को विजेताको नाम अन्ततः घोषणा गरिएको छ। निकारागुआकी शेनिस पालासियोस ७२ औं मिस युनिभर्सको विजेता बनेकी छन् ।
संसारभरका सुन्दरीलाई पछि पार्दै उनले यो ताज आफ्नो नाममा गराएकी छिन् । मिस युनिभर्सको उपाधि जितेपछि उनी निकै खुसी छिन् ।
मिस युनिभर्स २०२२ आर बोनीले शेनिस पालासिओसलाई मिस युनिभर्स २०२३ को ताज पहिराइन्। ताज लगाएपछि शेनिस पलासियोस निकै भावुक भइन् । उनको आँखामा खुशीको आँसु प्रष्ट देख्न सकिन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा मिस युनिभर्सको उपाधि जित्ने निकारागुआकी पहिलो महिला शेनिस पलासियोस हुन् । त्यसैले ‘ब्युटी क्वीन’ को उपाधि जित्नु उनको लागि झनै अर्थपूर्ण छ ।
यस पटक थाइल्याण्ड र अस्ट्रेलियाका सुन्दरीहरुले टप ३ मा आफ्नो स्थान बनाए । तर दुवैलाई पराजित गर्दै शेनिस पलासियोसले मिस युनिभर्स २०२३ को ताज जितेकी छिन् । सौन्दर्य प्रतियोगितामा थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनरअप भइन् भने अष्ट्रेलियाकी मोराया विल्सन सेकेन्ड रनरअप भइन् ।
यो वर्ष नेपालकी जेन दीपिका ग्यारेटले मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी छिन् । उनले शीर्ष २० मा आफ्नो स्थान बनाइन् । तर, उनले ताज जित्न सकिनन् ।
Facebook Comment