गाजाको अल-शिफा अस्पतालमा अझै उपचार गराउँदै छन् घाइतेहरू

डिसी नेपाल
३ मंसिर २०८० १२:०९

काठमाडौं । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले आज बिहान सयौं मानिसले अल-शिफा अस्पताल छोडेको बताएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार हमासको स्वास्थ्य मन्त्रालयले १२० घाइते बिरामी अझै अस्पताल भित्र रहेको जनाएको छ।

यसअघि स्वास्थ्य अधिकारीहरूले एएफपीलाई भनेका थिए, “४५० घाइते र गम्भीर बिरामीलाई बाहिर पठाउन सकिँदैन। उनीहरूको हेरचाह गर्न मेडिकल स्टाफ छ।”

खान युनिसमा उपस्थित रहेका बीबीसी संवाददाता रुश्दी अबु अलुफका अनुसार अल-शिफा अस्पतालमा उपस्थित पत्रकारले उनलाई आफू र अन्य धेरै व्यक्तिहरूले अल-शिफा अस्पताल छोडेको बताए।

बाहिर निस्कँदा हातमा सेतो झण्डा लिएर निस्किएको पत्रकारले बीबीसी संवाददातालाई बताए ।

पत्रकारले भने, ‘अस्पताल खाली भएको छ । हिँडडुल गर्न नसक्ने बिरामी मात्र बाँकी छन् । त्यहाँ धेरै थोरै डाक्टरहरू बाँकी छन्। ”

उनले भने, ‘हामीले हात उठायौं । हातमा सेतो झण्डा बोकेर बसेका थियौं । हिजो रात धेरै गाह्रो थियो। विस्फोट र गोलीको आवाज डरलाग्दो थियो। बुलडोजरहरूले अस्पतालमा ठूला प्वालहरू बनाएका छन् र केही भवनहरू भुइँमा लडाएका छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *