चितवनको नारायणी नदीमा छठ पर्व मनाउन भक्तजनहरुको घुँईचो
चितवन। चितवनको पवित्र तिर्थ स्थल नारायणी नदीमा छठ पर्व मनाउन भक्तजनहरुको घुँईचो लागेको छ ।
हिन्दुहरुको महान पर्वको रुपमा रहेको छठ पर्व मनाउन चितवन लगाएत बिभिन्न स्थान बाट भक्तजनहरु अस्ताउदो सुर्यलाई अर्घ दिन नारायणी नदी किनारमा जम्मा भएका हुन्।
छठ पर्वको लागि नारायणी नदी किनारलाई दुलही जसरी सिगार पटार गरेका छन् । छठ पर्वको पुजा गर्न भक्तजनहरु बिभिन्न पुजाका सामग्री र प्रसादहरु बासको ढकियामा बोकेर नारायणी नदी किनार आएका थिए।
भक्तजनहरुको सुबिधाको लागि तराई सामुदायी सेवा समिति चितवनले नारायणी नदी किनारमा टेण्ट लगाएर भक्तजनहरुलाई बस्ने र पुजा गर्ने प्रबन्ध मिलाएको छ।बिशेष गरी तराईका समुदायले मनाउने छठ पर्व अहिले सबै जातजातिहरुको साझा पर्वको रुपमा मनाउन थालेका छन् ।
छठ पर्वमा ब्रतालु भक्तजनहरुले एक दिन अगाडी खरानामा उपबास बस्ने साझ सख्खरको खिर पकाएर चढाउने र त्यही प्रसादको भोजन गर्नै र भोली पल्ट अर्थात छठको दिन भर उपबास बसेर सुर्यलाई अर्घ दिने र उदाउदो सुर्यलाई अर्घ दिए पछी मात्र ब्रत समाप्त हुने तराई सामुदायीक सेवा समितिका सचिब नारद प्रसाद परिहस्तले बताए।
छठ पूजामा सुर्यदेबलाई गहु पिठो र सख्ख बाट बनेको परिकारका साथै प्रकृतिमा उब्जीएका फलफुल सखरखण्ड अदुवाको बोट मुला उखु लगाएतका प्रसाद चढाउने गरेको उनले बताए।
सम्पुर्ण शक्ति प्राप्तीको लागि पनि छठमा सुर्यदेबलाई अर्घ दिएर पुजा गर्ने गरेका छन् । छठ पुजा गर्नको लागि भक्तजनहरु आ आफ्नो भाकल अनुसार कोही बाजा गाजाका साथ नारायणी तर्फ आएका थिए भने कोही घर देखि नै नदी किनार सम्म घस्रेर आईरहेका थिए । छठ पर्बमा पुजा गर्न हजारौको सख्यामा भक्तजनहरु नारायणी नदी किनारमा आएका थिए ।
Facebook Comment