सिप्रदीले भुकम्पपीडितलाई गर्‍यो ५५ लाखको राहत वितरण

डिसी नेपाल
३ मंसिर २०८० १९:०७

काठमाडौं। सिप्रदीले जाजरकोट र रूकुमपश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्था, टाटाट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को संयुक्त पहलमा यही कार्तिक २६ गते प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू. ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको हो।

तिहारमालक्ष्मीपुजाको दिन संस्थाको प्रतिनिधित्वगर्दै सिप्रदीका७जनाकर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतकाअन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धितकार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाका अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाटझन्डै १,२०० घर परिवारका ४,८०० जनाभूकम्पपिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालका अनुसार भूकम्पका कारणआफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्थापन भएका पीडितहरुलाई सिप्रदीयन सहायता संस्था,टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्तप्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरिएको हो।

अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरिएको र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग गर्ने उपाध्यक्ष दाहालले प्रतिबद्धता जनाए।

रुकुम आठविसकोटका नगर प्रमुख रबि केसीले जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भुकम्पप्रभावित यस नगरपालिकाजनताको लागिसिप्रदी सहायता संस्थाले गरेको खाधान्न, जिन्सी र औषधिलगायतका सामग्रीको सहयोग प्रति आभार व्यक्त गरेका छन् । उनले यो सहयोगले यस प्रकोपले दुखमा परेका नगरबासीलाई राहत मिलेको बताए।

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु पछि सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनःर्निमार्ण  गरी हस्तान्तरण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *