माल्दिभ्सबाट ७७ भारतीय सैनिकलाई फिर्ता पठाउने प्रयास सुरु
काठमाडौं । माल्दिभ्सका एक वरिष्ठ अधिकारीले आइतबार माल्दिभ्समा ७७ भारतीय सैनिक छन् र माल्दिभ्सको नयाँ सरकारले भारतसँग १०० भन्दा बढी सम्झौताको समीक्षा गरिरहेको बताएका छन् ।
यो बयान त्यसबेला आएको हो जब एक दिन अघि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न औपचारिक रुपमा आग्रह गरेका थिए ।
पत्रकार सम्मेलनमा मालदिभ्सको राष्ट्रपति कार्यालयका सार्वजनिक नीतिका उपसचिव मोहम्मद फिरोजुल अब्दुल खलिलले नयाँ सरकारले आफ्नो देशमा ७७ भारतीय सेना रहेको पत्ता लगाएको बताए ।
माल्दिभ्सका मिडियाले फिरोजुललाई उद्धृत गर्दै हेलिकप्टरको व्यवस्थापनमा २४ भारतीय सैनिक, डोर्नियर विमानको व्यवस्थापनमा २५ भारतीय सैनिक, दोस्रो हेलिकप्टरको मर्मतसम्भार र इन्जिनियरिङका लागि २६ भारतीय सैनिक रहेको र थप दुई जना भारतीय सैनिक माल्दिभ्समा रहेका छन् ।
सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावमा विजयी भएका राष्ट्रपति मुइज्जुले माल्दिभ्सबाट सबै ७७ भारतीय सैनिकलाई बाहिर निकाल्ने प्रयास सुरु गरेको उनले बताए ।
माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण देश हो। भारत-माल्दिभ्स सम्बन्ध इब्राहिम मोहम्मद सोलिहको शासनकालमा गहिरो थियो, तर मुइज्जुको चुनावी अभियान उनी सत्तामा आए भने भारतीय सेना फिर्ता हुनेछन् भन्ने धारणामा आधारित थियो।
Facebook Comment