इजरायलले भिडियो जारी गर्दै बन्धकहरूलाई अल-शिफा अस्पतालमा ल्याइएको दाबी गर्यो
काठमाडौं । इजरायली सेनाले सीसीटीभी क्यामेरामा रेकर्ड भएको फुटेज जारी गरेको छ र अक्टोबर ७ को हमलामा बन्धक बनाएका मानिसहरूलाई हमास लडाकुहरूले गाजाको अल-शिफा अस्पतालमा लगेको बताएको छ।
तर, अन्तर्राष्ट्रिय मिडियाले यो भिडियो पुष्टि गरेका छैनन् । यस भिडियोमा दुई जना बन्धकलाई अस्पतालमा ल्याइएको देखाइएको छ । यसमा हतियारधारी मानिस पनि देख्न सकिन्छ ।
एउटा क्लिपमा अस्पतालको मुख्य गेटबाट बन्धक ल्याइएको देखिन्छ । दोस्रो क्लिपमा, एक घाइते व्यक्ति स्ट्रेचरमा सुतिरहेका छन्।
यो फुटेज प्रस्तुत गर्ने इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भने कि यो भिडियो हमासले अल-शिफा अस्पतालमा बन्धक बनाएको ‘ठोस प्रमाण’ हो।
उत्तरी गाजामा रहेको यस अस्पतालको मुनि हमासको प्रमुख कमाण्ड सेन्टर बनेको दाबी प्रमाणित गर्न इजरायली सेनामाथि ठूलो दबाब छ।
इजरायली सेनाले भनेको छ कि फुटेजले ‘स्पष्ट रूपमा प्रमाणित गर्छ कि हमासले आतंककारी गतिविधि लुकाउन अस्पताल परिसरमा रहेका धेरै भवनहरू प्रयोग गर्दछ।
यद्यपि हमासले इजरायलका यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
Facebook Comment