युनिलिभर नेपालले भूकम्पपीडितको राहतका लागि गर्यो १ करोड रुपैयाँ सहयोग
काठमाडौं। युनिलिभर नेपालले भूकम्पपीडितको राहतका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।
युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको हो।
उक्त चेक प्रधानमन्त्री निवास बालुवाटारमा कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।
युनिलिभर नेपाल लिमिटेडले हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी घरबारविहीन भएका परिवारहरुकाे सहयोगका लागि ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रतिक्रिया
Facebook Comment