इजरायलले लश्कर–ए–तैयबालाई आतंकवादी संगठन घोषणा गर्यो
काठमाडौं । इजरायलले लश्कर-ए-तैयबालाई आतंकवादी संगठन घोषणा गरेको छ। भारतस्थित इजरायली दूतावासले मुम्बई हमलाको १५ औं वर्षमा इजरायलले यो कदम प्रतिकको रुपमा लिएको जनाएको छ ।
इजरायलको दूतावासले भन्यो, “हामी लश्कर-ए-तैयबालाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गर्दैछौं। भारत सरकारले त्यस्तो कुनै अनुरोध गरेको छैन तर यसका बाबजुद इजरायलले औपचारिक रूपमा सबै आवश्यक प्रक्रियाहरू पूरा गरेको छ र लश्कर-ए-तैयबालाई अवैध आतंकवादी संगठनहरूको इजरायली सूचीमा समावेश गरिएको छ।”
नोभेम्बर २६, २००८ मा दश लश्कर-ए-तैयबाबाट तालिम प्राप्त र भारी हतियारधारी चरमपन्थीहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरे, जुन चार दिनसम्म जारी रह्यो। मुम्बई हमलामा १६० भन्दा बढी मानिस मारिएका थिए ।
नरिमन हाउसमा भएको हमलाका बेला रोइरहेको इजरायली बालक मोशे होल्ट्जबर्गको तस्बिरको निकै चर्चा भएको थियो । आक्रमणमा मोशेका आमाबुवा मारिएका थिए।
Facebook Comment