युद्धबिराम सम्झौता : ५० इजरायली बन्धकहरूको बदलामा १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिने
काठमाडौं । केही समयअघि इजरायलले हमाससँग इजरायली बन्धकहरूका सम्बन्धमा सम्झौता भएको र अक्टोबर ७ देखि हमासको हिरासतमा रहेका ५० इजरायली बन्धकहरूलाई रिहा गर्ने घोषणा गरेको थियो। बदलामा चार दिनको अस्थायी युद्धविराम हुनेछ ।
अब यो सम्झौताको सन्दर्भमा हमासले पनि विज्ञप्ति जारी गर्दै ५० इजरायली बन्धकको बदलामा इजरायली जेलमा रहेका १५० प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गर्ने जनाएको छ ।
यस सम्झौता अन्तर्गत, मानवीय सहायता, अत्यावश्यक औषधि र इन्धनले भरिएका सयौं ट्रक गाजामा प्रवेश पाउनेछन्।
हमासको विज्ञप्तिमा भनिएअनुसार इजरायलले चार दिने युद्धविरामको अवधिमा कुनै पनि आक्रमण नगर्ने वा कसैलाई पनि गिरफ्तार गर्ने छैन।
चार दिनको अस्थायी युद्धविरामको अवधिमा, दक्षिणी गाजामा हवाई यातायात पूर्ण रूपमा बन्द हुनेछ र उत्तरी गाजामा प्रत्येक दिन छ घण्टा स्थानीय समय अनुसार बिहान १०:०० देखि बेलुका १६:०० सम्म हवाइ यातायात रोकिनेछ ।
इजरायलले गाजाको हवाई क्षेत्रलाई नियन्त्रण गर्छ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा हमासले २ सय ४० इजरायलीलाई बन्धक बनाएको थियो । तीमध्ये हालसम्म चार जना मात्रै बन्धक रिहा भएका छन् ।
Facebook Comment