पाकिस्तानले २०२४ मा ब्रिक्सको सदस्यता पाउनको लागि आवेदन दियो

डिसी नेपाल
६ मंसिर २०८० १३:२०

काठमाडौं । पाकिस्तानले २०२४ मा ब्रिक्स देशहरूको समूहमा सामेल हुन आवेदन दिएको छ।

रुसका लागि पाकिस्तानका नवनियुक्त राजदूत मुहम्मद खालिद जमालीले रुसी समाचार एजेन्सी टासलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

जब जमालीलाई पाकिस्तानले ब्रिक्स सदस्यताका लागि प्रस्ताव गरेको छ कि भनी सोधिएको थियो, उनले भने – पाकिस्तानले पहिले नै आवेदन गरिसकेको छ।

उनले भने- “पाकिस्तान यो महत्वपूर्ण समूहको हिस्सा बन्न चाहन्छ र पाकिस्तानले समर्थनका लागि सदस्य देशहरूसँग सम्पर्क गरिरहेको छ, हामी विशेषगरी रुसको समर्थन चाहन्छौं।”

ब्रिक्स उदीयमान अर्थतन्त्रहरूको समूह हो जसका सदस्य ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन्। यस वर्ष अगस्टमा भएको १५औं ब्रिक्स शिखर सम्मेलनमा इजिप्ट, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इथियोपिया र अर्जेन्टिनालाई समावेश गर्न विस्तार गरिएको थियो।

मंगलबार, इजरायल र गाजाको मुद्दामा ब्रिक्सको भर्चुअल बैठक बोलाइएको थियो जसमा तत्काल युद्धविरामको लागि आह्वान गरिएको थियो। उक्त बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत सदस्य राष्ट्रका राष्ट्रप्रमुख सहभागी भए पनि भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सट्टा विदेशमन्त्री एस जयशंकर सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *