तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन
काठमाडाैं। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ। महंगी, भ्रष्टाचार, अनियमितता, अराजकता, सामाजिक र धार्मिक सहिष्णुता र सदभाव भड्काउने अपराधिक गतिविधि विरुद्ध भन्दै युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको हो।
प्रदर्शनका लागि बिभिन्न स्थानबाट एमाले समर्थक र्याली सहित तीनकुनेमा भेला भएका थिए । प्रदर्शनमा युवासंघ बाहेक एमाले निकट बिभिन्न संघ संगठनको सहभागीता रहेको थियो।
प्रदर्शनलाई सम्बोधन गर्दै एमाले युवा नेता महेश बस्नेतले महंगी, भ्रष्टाचार, अनियमितता बिरुद्ध लगाएको कार्यक्रम भएको बताए। आफूहरुको कार्यक्रमलाई कसैले गलत ढंगले प्रयास गर्दैमा दिगभ्रमित हुन नपर्ने उनले बताए।
बस्नेतले सरकारको बिरुद्ध आन्दोलन निषेधाज्ञासम्म नपुगोस् भनेर आग्रह गरे। प्रचण्ड सरकारको आयु छाटो रहेकाले उखरमाउलो भएको उनले टिप्पणी गरे। त्यस्तै उहाले दुर्गा प्रसाई जस्ता मान्छे एमालेको बिरोध गरेर रमाइरहेको भन्दै अपराधिक प्रवृतिको पछाडि ज्ञानेन्द्र शाह लागेको तर्क गरे।
बस्नेतले गणतन्त्रको रक्षाका लागि आफूहरुको आन्दोलन भएको पनि बताए। त्यसअघि काठमाडौंको माइतिघरमा गर्ने भनिएको प्रदर्शन सुरक्षाका कारण काठमाडौं प्रशासन कार्यालयले तीनकुनेमा आयोजना गर्न स्थान तोकिदिएको थियो।
Facebook Comment