पूर्वराजा ज्ञानेन्द्रले विशेष सम्बोधन गर्दै
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन्। झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन्।
उनी बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शुक्रबार झापा पुगेका हुन्।
झापा पुगेर उनी धुलाबारीको होटल मेची क्राउनमा बसेका छन्। त्यहाँ उनले भेटघाटको कर्यक्रम समेत जारी राखेका छन्। आज धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ७ हजार मोटरसाइकलको र्यालीको आयोजना गरिँदैछ। आज बिर्तामोडमा पूर्वराजा शाहले ३० देखि ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको यस कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै छन्।
शाह पूर्वमा रहेका बेला धेरै मानिस भेला भएका कार्यक्रमहरूमा जाने गरेका छन्। उनी व्यक्तिगत तथा सामूहिक रूपमा भेटघाट गरे पनि सार्वजनिक रूपमा भने केही पनि बोल्दैनन्।
पूर्वराजा ज्ञानेन्द्र शाह बर्सेनि लामो समय झापामा रहने गरेका छन्। कहिले एक्लै, कहिले आफ्ना परिवारका सदस्यसँग झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानलाई उनले आफ्नो मुकाम बनाउने गरेका छन्।
आफ्नै स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगान भित्र उनको निवास छ। बेला बेला झापाको मेचीनगरको निन्दा खोला किनारमा रहेको पाँच तारे होटल मेची क्राउनमा पनि पुग्ने गरेका छन्। त्यहाँ उनले रमाइलो गरेका दृश्य कहिलेकाहिँ सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन्।
हार्दिक शुभकामना ।अब सक्रिय हाेइबक्सियाेस! यो लुटतन्त्रकाे बिषयमा सबै नागरिकको एकता अनिवार्य छ।