हिन्दुधर्म र राजा समर्थक हुनेमा प्रतिस्पर्धा

पूर्ण ओली
१० मंसिर २०८० ७:४४

राष्ट्र राष्ट्रियता, धर्म संस्कृति बचाउने अभियान सुरु गरेका दुर्गा प्रसाईंले निकै ठूलो जनसमर्थन प्राप्त गरेका छन्।

लघुवित्त सहकारी तथा बैंकको अत्यधिक ब्याजबाट पीडित जनता आत्महत्यासमेत गर्न थालेपछि उनीहरुको उत्थान गर्न अघि बढेका मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले संबैधानिक राजतन्त्रसहितको हिन्दु अधिराज्य एजेण्डा थप गरेपछि धेरै हिन्दुवादी जनताको पनि समर्थन थपियो।

उनको आफ्नो मेडिकल कजेज सुरु गर्न स्वीकृति पाएर निर्माण गरि सबै पूर्वाधार जोडी सकेपछि उनलाई सरकारले विद्यार्थी पढाउन दिइएन। यसैको लागि दुर्गा प्रसाईंले प्रचण्ड र केपी ओलीलाई मिलाउन पनि सहयोग गरे।

कांग्रेसको पालामा डा. गोविन्द केसीको अनसनले रोकिएको नयाँ मेडिकल कलेज कम्युनिष्ट नेता प्रधानमन्त्री हुँदासमेत नपाएपछि उनी अत्यन्त आक्रोशित भए। परिणामस्वरुप उनले नेताहरुको कमजोरीलगायत लुकाएका सम्पत्ति पनि देखाइ दिए।

यसबाट आक्रोशित एमालेका महेश बस्नेत नेतृत्वको युवा संघले उनलाई अचानक कालो पोत्ने काम गरे। त्यसपछि दुर्गा प्रसाईं अहिले एकोहोरो एमालेको घोर बिरोध गर्दै अघि बढेका छन्।

दुर्गा प्रसाईंको एजेण्डामा धेरै मानिसको समर्थन बढिरहेको अबसरमा मंसिर ७ गतेको काठमाडौं भेला निकै बिशाल देखियो। जसमा राप्रपाका नेतालगायत धेरै राष्ट्रप्रेमी बुद्धिजिवी ब्यक्तित्वलगायत उपत्यका बाहिरबाट लघुवित्त पीडित तथा हिन्दु राष्ट्र र राजा समर्थक धेरै सर्वसाधरणको उपस्थिति रह्यो। त्यसलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी र ससस्त्र सडकमा उतारिएका थिए।

एमालेको युवा संगठनले पनि सोही दिन पारेर आन्दोलन गरेपनि त्यो दिन अलग स्थानमा भेला भएका कारण भीडन्त हुन पाएन। त्यसको भोलिपल्ट तीनकुनेमा गरिने भनिएको आन्दोलनलाई प्रशासनले रोक लगायो। दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरियो।

सर्वसाधारण जनतालाई बिना कारण पक्राउ गरेर लगियो। यसबाट सरकार निकै डराएको देखिन्छ। कुनैदिन प्रचण्ड माधव नेपाल माइतीघरमा पलेंटी मारेर हामी यता छौं भनेर प्लेकार्ड राखेर बस्ने, अहिले दुर्गा प्रसाईंको भेलालाई कहीँ पनि गर्न नदिने सरकारको निरंकुश र तानाशाही सोच हो। कुनै दलको समर्थन बिनाको पीडित जनताको समूहलाई कमजोर ठान्ने भुल हत्या हिंसाबाट आएका प्रचण्डले नगरुन्।

अहिलेका ठूला दल र नेतृत्व भ्रष्टचार, कुशासन र बिदेशीका एजेण्ट जस्ता भएर अत्यन्त बदनाम भइरहेकाले जनताको आक्रोश बढ्नु स्वभाविक हो। सत्ताधारी अहिले त्यति नबोले पनि कारवाही हेर्दा उनीहरुमा आतंक फैलिएको बुझिन्छ। एमाले पार्टी भने निकै आक्रमक भएर दुर्गा प्रसाईं र राजसंस्थाको बिरुद्ध निकै तल्लोस्तरमा उत्रेर बोलिरहेका पाइन्छन्।

कुनै समयमा सनातन धर्म संस्कृति तथा ऋषि मुनिको बारेमा निकै राम्रो ब्याख्या गर्ने, पशुपतिमा जलाहारी चढाएर क्षमा पूजा गर्ने केपी ओलीबाट हिन्दु धर्मको समर्थन होला भन्ने धेरै हिन्दुबादी जनतामा आशा थियो।

तर उनको पछिल्लो भाषणबाट उनीले गरेका बिरोध सिर्फ आफ्ना बिदेशमा भएको सम्पत्तित देखाइदिने दुर्गा प्रसाईंतर्फ मात्र लक्षित हो कि युवा कार्यकर्तालाई उक्साउने कार्य मात्र गरिरहेका छन् बुझ्न गाह्रो परिरहेको छ।

पहिला एमालेमा रहँदा केपी ओलीको आसय बुझेका दुर्गा प्रसाईंले लघुवित्त, सहकारी तथा बैंकबाट ठगिएका गरिब जनताको आवाजसँगै राजतन्त्र र हिन्दु धर्मको पक्षमा माहौल बनाउन सुरु गरेका हुनसक्छन्।

अहिले केही समयको लागि ठूला दलका नेता सबै मिलेर दुर्गा प्रसाईं र राजावादीको बिरोधमा लागे पनि धेरै दिन टिक्न सक्ने छैनन्। प्रमुख नेतालाई राजा ल्याउन अफ्ठ्यारो मान्नको कारणमा आफूले आफूखुशी देश लुट्न नपाउने डर छ।

अहिले आफूखुसी गर्न पाएका शेरबहादुर, प्रचण्ड, केपी ओली तथा माधव नेपाल आपसमा मिलेर ब्यापारी दलालसँग पैसा कमाउन, एकअर्काको भ्रष्टचार काण्डबाट एक अर्कालाई जोगाउँदै कालाबजारिया र तस्करसँग साझेदारी गर्न तछाड र मछाड गरिरहेका प्रष्टरुपमा देखिएको छ।

त्यतिमात्र होइन स्वदेशका बिभिन्न संघ संस्था ब्यापारमा पैसा लगानी गर्न नपुगेर बिदेशका संस्था तथा बैंकहरुमा पैसा लगानी गरिएका कुरा दुर्गा प्रसाईंले जनसमक्ष राखिसकेका छन्।

यसबाट हाम्रा देश लुट्ने अरु कोही नभएर हाम्रै जनतालाई ढाँटेर निर्बाचनमा भोट लिएर उनीहरुलाई धोका दिने तस्कर र भ्रष्टका पार्टनर उनै नेता नै रहेछन्। तैपनि आज्ञाकारी झोले कार्यकर्ता आत्तिएर नेतृत्वको बचाउ गर्न आन्दोलनको घोषणा गरिरहेका छन्।

जसको उद्देश्य दुर्गा प्रसाईंलाई निस्तेज पार्न मात्र हो। यस कार्यमा एमाले मात्र फस्दै गएको देखिन्छ। आफ्ना नेताका ठूला भ्रष्टचार काण्ड खुलारुपमा बाहिर आउँदासमेत कार्यकर्ता भनाउँदा युवाहरुले पार्टी नेतालाई अन्ध समर्थन गर्नु भनेको देशले भविष्यमा पनि गतिलो नेता नपाउने लक्षण हो। असल इमान्दार क्षमतावान तथा मिहेनती युवा सबै देश बाहिर गइसकेका छन्।

नेपालका प्रधानमन्त्री प्रचण्ड अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आज्ञाकारी भएका छन्। त्यही भएर भारत भ्रमण जाँदा नेपालको हितमा एउटा शब्द निकाल्न सकेनन्। तर मोदीको आदेश मान्दै दक्षिण भारतको कालीको मन्दिरमा धोती लगाएर पूजा गरे।

जसले आफ्नै देशको चार धाम मध्य एक धाम पशुपतिनाथमा छिरेका पनि थिएनन्। त्यसपछि आएर पशुपतिनाथमा पूजा गरे। यो उनमा आएको ठूलो परिबर्तन हो।

कुनै दिन प्रचण्डले राजाबादीको दवाव बढ्दै गएमा आफू पनि हिन्दु धर्म र राजावादी हुनसक्ने भनी बोल्न बेर छैन। उनलाई मोदीको इशारा भए मात्र पनि राजा मान्न र हिन्दु धर्मलाई मान्न कुनै कठिनाइ हुनेछैन।

नेपाली काँग्रेसमा धेरै मानिस हिन्दुबादी र राजाबादी छन्। त्यसमध्य सांसद शंकर भण्डारी पहिला देखिनै प्रष्ट छन्। धेरै राजाबादी अहिले शेरबहादुरको गलत नीति देखेर बाहिर बसेका छन्।

लक्ष्मण घिमिरे, खेमराज सेढाईं, लोकेश ढकाल, प्रकाश कोइराला, मनीषा कोइरालालगायत धेरैजना खुलेर आएपनि अरु धेरैले राजालाई समर्थन गर्नेछन्। लोकपृय काँग्रेस नेता कृष्णप्रसाद भट्टराईले गिरिजाप्रसादले आफू राष्ट्रपति हुने आसामा राजा हटाउन समर्थन गरेपछि काँग्रेस पार्टीको त्याग गरे।

उनीपछि धेरै राम्रा नेता काँग्रेसबाट पन्छिए। अहिले चन्द्र भण्डारीहरुले पनि हिन्दु धर्म र राजाको समर्थन गरिरहेका छन्। कुनै दिन नरेन्द्र मोदीले शेरबहादुरलाई फोन गरेर हिन्दु धर्म कायम गरेर आफूले प्रधानमन्त्रीको नेतृत्व लिन सल्लाह दिने हो भने काँग्रेस दलले समर्थन गर्न समय लाग्ने छैन।

सबैलाई के थाहा भयो भने राजा भनेको देशको संरक्षक हुन जसले राष्ट्रको हित हेर्नेछन्। यसबाट राष्ट्रको स्वाभिमान बढ्ने छ। कमसेकम बिदेशीको चलखेल नियन्त्रण हुनेछ। नेताहरु देशको सम्पति लुटिरहेका छन्। ब्यापारी र तस्करले गरिब देशका जनता लुटेर सबै पैसा बिदेश पठाइसके।

युवाहरुलाई स्वदेशमा बस्न सक्ने अबस्था नै छैन। शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्किँदै गएको छ। जतासुकै राजनीतिको नाममा दलहरुले भागबण्डा गरेर संबैधानिक अंगका सदस्यहरु बाँडफाँट गरिरहेका छन्। त्यसले गर्दा कर्मचारी, प्रहरी तथा अदालत पनि दलका झोले जस्ता भएका छन्।

केही मारवाडी ब्यापारीले देशको अर्थतन्त्र आफ्नो हातमा लिएका छन्। सबै नेता कर्मचारी कहिल्यै नअघाउने भोका भएका छन्। अहिले कर्मचारी ट्रेड युनियनको नाममा खुलारुपमा भ्रष्टचार गरिरहेका छन्।

अख्तियार सिर्फ मुकदर्शक मात्र भएको छ। दलका ठूला भ्रष्टहरुलाई प्रधानमन्त्री र दलका अध्यक्षको इशारामा बचाइन्छ। त्यही भएर पनि राजसंस्थाको महत्व बढिरहेको हो।

सुक्खा खर भइसकेको जनताको आक्रोशमा आगोको झिल्का लगाउने कार्य दुर्गा प्रसाईंले गरेका छन्। अब नेपाली जनताको आक्रोश पोख्ने अवसर पाएका छन्। यदि प्रचण्ड सरकारले बेलैमा बुद्धि नपु¥याउने हो भने देशमा आँधीबेहरीको लहर अरु बढ्नेछ।

मंसिर ७ गतेको पहिलो जनलहरले अहिलेका नेताको सातो गएको छ। यस्तै अवस्था कमसेकम १ हप्ता अरु रह्यो भने अवश्य पनि यो सरकार धरमराउने छ। त्यसपछि लघुवित्त पीडित, सहकारी, एपार्टमेन्ट, बैंकको ब्याज माथिको स्याजबाट पीडित जनताको साथमा अरु राजाबादी जोडिनसाथ देशमा फेरि जनक्रान्तिले आगो बाल्नेछ।

यसको परिणाम केही नेता र दलाल मारवाडी र मात्र होइन अरु पहाडी मुलका दलाल ब्यापारी, भ्रष्ट कर्मचारी, वकिल, न्यायाधीशसमेत जनताको मारमा पर्न सक्छन्।

त्यसैले बेलैमा आफ्नो भविष्य जोगाउने हो भने दुर्गा प्रसाईं समूहको आवाजको कदर गरियोस्। नत्र सरकारमा बस्ने र दलाल ब्यापरीले शायद भाग्ने अबसर पनि पाउने छैनन्। सेनाले पनि बढी सतर्क भएर सबै दल तथा सरकारका हर्कतहरु निगरानी गर्न आवश्यक भइसकेको छ।

त्यो भन्दा पहिला सबै राजावादी तथा ओमकार परिवार कुनैपनि हालतमा एकताको सुत्रमा बाँधिन आबश्यक छ। जसले आन्दोलनलाई शान्तिपूर्बक, एकरुपताका साथ अघि बढाउन र देशका भ्रष्टचारी, तस्कर तथा देशद्रोहीलाई कारवाही गर्नेगरि लिष्ट बनाउन।

खासगरि २०४६ पछिका बिशिष्ट तहका कर्मचारी संबैधानिक अंगका ब्यक्तिहरु कमाउ कार्यलयका कर्मचारी, भ्रष्टचारमा नाम चलेका सबै तहका ब्यक्ति, दलका प्रमुख नेता तथा तस्कर ब्यापारीको सम्पत्ति छानबीन गरि कारवाही गर्नै पर्ने एजेण्डा बनाउन बिर्सनु हुँदैन।

दोषी देखिएका जो कोहीलाई पनि नियम बनाइ निजको सम्पति जफत गरि निजलाई आजिवन कारबासमा हालियोस्। त्यस्तै गरेर बिदेशीएका युवाहरुलाई स्वदेशमा फर्काउने बातावरण बनाउने, अब अरु युवाहरुलाई स्वदेशमै रोजगार दिने गरी सुशासनको थिति बसाल्न नीति र नियम कढाइकासाथ बनाएर पालन गरिनु पर्छ। नत्र जतिसुकै ब्यबस्था बदलिएर नेतृत्व बदलिए पनि नेपालीको अबस्थामा परिबर्तन हुने छैन जुन हामीले बारम्बार भोगिरहेका छौं।

यदि यो शान्तिपूर्ण आन्दोलनमा जथाभावी शक्तिको दुरुपयोग गरेर दवाउन प्रयास गरियो भने आन्दोलन भड्किएर डरलाग्दोरुपमा बढ्न सक्छ। साथै सरकार पनि चाँडै ढल्न सक्छ र ब्यबस्था पनि ढल्न सक्छ।

त्यसैले सरकारमा बस्नेहरु जनतालाई धेरै कमजोर र मुर्ख ठानेर नहेप्नु होला किनकि काठमाडौंका नेवार समुदायको पनि समर्थन प्राप्त हुने भएको छ। जुन कुनैपनि आन्दोलनको निर्णय शक्ति बन्ने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *