हमास कैदबाट रिहा भएका सबै थाई बन्धकहरूलाई अस्पताल लगियो

डिसी नेपाल
९ मंसिर २०८० १३:१५

काठमाडौं । सबै १२ थाई बन्धकहरूलाई हमासको कैदबाट मुक्त भएपछि स्वास्थ्य जाँचको लागि तेल अवीवको दक्षिणी अस्पतालमा लगिएको छ।

गाजा र इजिप्टको सिमानामा रहेको रफाह क्रसिङबाट इजिप्ट पुगेका यी बन्धकहरूलाई दक्षिणी तेल अवीवको शमिर मेडिकल सेन्टरमा लगिएको थाई सञ्चारमाध्यमले जनाएका छन् ।

रिपोर्टका अनुसार यी मानिसहरूलाई यहाँ चिकित्सा सेवा उपलब्ध गराइनेछ र ४८ घण्टासम्म यहाँ राखिनेछ।

कतार र इजिप्टको मध्यस्थतामा हमाससँगको छुट्टै सम्झौतापछि थाई नागरिकलाई रिहा गरिएको एक अधिकारीले बताए ।

अधिकारीले थाइल्याण्डका १२ बन्धक सबै पुरुष रहेको पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *