सूर्य अध्ययन गर्न पठाइएको आदित्य एल १ लङ्ग्रेज पोइन्ट नजिक पुग्यो

डिसी नेपाल
९ मंसिर २०८० १३:१९

काठमाडौं । सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष मिशन आदित्य एल १ अन्तिम चरणमा पुगेको छ।

यसलाई एल १ बिन्दुमा लैजाने प्रयासहरू जनवरी ७, २०२४ सम्म पूरा हुनेछन्।

इसरो प्रमुख एस सोमनाथले यो जानकारी दिएका छन्। उनले भने, “आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको छ।”

आदित्य एल-१ सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हो।

अन्तरिक्ष यानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य-पृथ्वी प्रणालीको लङ्ग्रेज पोइन्ट-१ (एल १) मा हलो कक्षमा राखिनेछ।

‘आदित्य-एल १’ अन्तरिक्ष यान २ सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो। लङ्ग्रेज–१ पुगेपछि त्यहाँबाट सूर्यका विभिन्न गतिविधि, आन्तरिक तथा बाह्य वातावरण आदि अध्ययन गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *