हमासले थप १७ जना बन्धकलाई रिहा गर्यो, प्यालेस्टिनी बन्दीहरू पनि जेरुसेलम पुगे

काठमाडौं । हमासले थप १७ जना बन्धकहरुलाई रिहा गरेको छ । जसमध्ये १३ जना इजरायली र चार जना थाई नागरिक रहेका छन् ।
यससँगै १३ इजरायली बन्धकको रिहाइको बदलामा रिहा भएका ३९ प्यालेस्टिनी बन्दी वेस्ट बैंक र जेरुसेलम पुगेका छन् ।
रिहा भएका ३९ कैदीमध्ये ६ जना महिला छन् । बाँकी सबै १८ वर्ष मुनिका छन् ।
टिभी तस्विरहरूले यी बन्दीहरूलाई वेस्ट बैंकको बेतुनिया शहरतर्फ बसमा लगिएको देखाएको छ। यी मानिसहरू उत्सव मनाउँदै बसबाट ओर्लिरहेका थिए।
यसअघि दुई पक्षबीच अस्थायी युद्धविरामलाई लिएर विवाद भएपछि बन्धक र बन्दी आदानप्रदान रोकिएको थियो ।
हमासले इजरायलले यो सम्झौताको उल्लंघन गरेको बताएको छ । इजरायलले गाजामा सहायता सामग्री बोक्ने ट्रकहरूलाई अनुमति दिन नचाहेको आरोप छ ।
इजरायलले यी आरोप अस्वीकार गरेको थियो।
Facebook Comment